Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राजिनामा रोक्न ओलीको अन्तिम प्रयास, नेपालसँग वार्ता गर्न पठाए पौडेल र नेम्वाङलाई

    राजिनामा रोक्न ओलीको अन्तिम प्रयास, नेपालसँग वार्ता गर्न पठाए पौडेल र नेम्वाङलाई

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विवादलाई रोक्न आफूनिकट नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङलाई वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्न पठाएका छन्।

    वरिष्ठ नेता नेपालसहितका सांसदहरु राजीनामा पत्र बोकेर संसद सचिवालय सिंहदरबार पुगेपछि त्यसलाई रोक्ने अन्तिम प्रयासका लागि पौडेल र नेम्बाङलाई पठाएका हुन्।



    प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि भोलि संसद्को विशेष अधिवेशन बोलाइएको छ । त्यसअगाडि नै माधव नेपाल समूहका सांसदहरुले सामुहिक राजीनामाको तयारी गरेका छन् ।



    तर, एमाले अध्यक्ष समेत रहेका ओलीले वार्ता गर्न दुई नेतालाई पठाएपछि नेपालले अहिले राजीनामा पत्र बुझाएका छैनन् । एमाले बचाउने अन्तिम प्रयासस्वरुप अहिले संसद सचिवालयमै नेताहरुबीच वार्ता भइरहेको स्रोतको भनाइ छ।

    सिंहदरबारमा नेपाल पक्षीय सांसदहरु योगेश भट्टराई, सरला यादव, पवित्रा निरौला खरेल, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी र निरादेवी गैरे र सोमप्रसाद पाण्डेसहितका सांसदहरु राजिनामा बुझाउने तयारीमा रहेका छन्।

    २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्वमा ओली फर्कन तयार नभएमा विश्वासको मत दिनु अगाडि नै राजीनामा दिने तयारी यो पक्षले गरेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार