Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • माधव नेपालको हातमा सामूहिक राजिनामाको पत्र, नेता भन्छन् -निर्णय भई त सक्यो

    माधव नेपालको हातमा सामूहिक राजिनामाको पत्र, नेता भन्छन् -निर्णय भई त सक्यो

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 1.9K
    SHARES

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेपाल पक्षका नेता र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पक्षका नेताहरुबीच सिंहदरबारमा निर्णायक वार्ता भइरहेको छ।

    पार्टीका बरिष्ठ नेता एव पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र ओली पक्षका नेताद्वय बिष्णु पौडेल र सुवास नेम्वाङबीच निर्णायक छलफल भइरहेको नेपाल पक्षका एक नेताले जानकारी दिए।



    यसैबीच, निर्णायक वार्ता भइरहेको भए पनि नेपाल पक्षका सांसदहरुले राजीनामा दिने भन्दै हस्ताक्षर सहितको पत्र आफू पक्षीय नेता नेपाललाई बुझाएका छन्।



    ‘राजीनामाको अन्तिम तयारी भइसकेको छ भने अब संसद सचिवालयमा बुझाउन मात्रै बाँकी छ, निर्णय त भई नै सक्यो। अब अझै पनि छलफल गरेर अन्तिम निर्णय गरौ भनेर हो,’ नेपाल निकट एक नेताले भने, ‘हस्ताक्षर त हामीले बुझाइसकेका छौं। अहिले वार्ता भइरहेको छ हेरौ।’

    तर, एमाले अध्यक्ष समेत रहेका ओलीले वार्ता गर्न दुई नेतालाई पठाएपछि नेपालले अहिले राजीनामा पत्र बुझाएका छैनन् । एमाले बचाउने अन्तिम प्रयासस्वरुप अहिले संसद सचिवालयमै नेताहरुबीच वार्ता भइरहेको स्रोतको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार