Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • छिट्टै बहुमतको सरकार बन्ने नारायणकाजी श्रेष्ठको दावी

    छिट्टै बहुमतको सरकार बन्ने नारायणकाजी श्रेष्ठको दावी

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    गोरखा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् ।

    आज जिल्ला सदरमुकाममा पत्रकारसँगको भेटघाटमा प्रवक्ता श्रेष्ठले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले संसदबाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको जिकिर गरे।



    ‘अहिलेको सरकारले भोलि (सोमबार) विश्वासको मत प्राप्त गर्न सक्दैन’, श्रेष्ठले भने, ‘छिट्टै बहुमतको नयाँ सरकार बन्छ ।’



    प्रवक्ता श्रेष्ठले देशको अहिलेसम्म सामाजिक–आर्थिक रुपान्तरणमा सरकारले छिपछिपेपन मात्र देखाएको तथा कोरोना नियन्त्रण र रोकथाममा समेत प्रभावकारी भूमिका खेल्न असफल भएको आरोप लगाए ।

    ‘अहिले कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि बढाउने विपक्षी गठबन्धनको तयारी छ’, प्रवक्ता श्रेष्ठले भने, ‘हाम्रो पार्टीले स्पष्ट रुपमा सरकारलाई विश्वासको मत दिन सक्दैनौँ भनेर निर्णय गरिसकेका छौँ ।’

    प्रवक्ता श्रेष्ठले प्रमुख प्रतिपक्ष दलका नेता र सभामुख बैठकमा भाग लिन नसक्ने घोषणा गरेका परिस्थितिमा संवैधानिक आयोगमा गरिएको नियुक्तिसमेत असंवैधानिक भएको विचार राखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार