Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कोरोना कहर

    बुटवलमा अक्सिजन नहुँदा आईसीयूमा उपचाररत पाँच जनाको मृत्यु

    बुटवलमा अक्सिजन नहुँदा आईसीयूमा उपचाररत पाँच जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २९ बैशाख २०७८
  • 1.4K
    SHARES

    बुटवल। रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा अक्सिजन नहुँदा पाँच जनाको मृत्यु भएको छ ।

    समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए ।



    मृत्यु हुनेमा १ महिला र ४ पुरुष छन् । अक्सिजनको अभावमा २९, ५२, ५४, ४४ बर्षका पुरुष र ५२ वर्षीय संक्रमितको मृत्यु भएको उनले जनाए ।



    प्रवक्ता डा। गौतमका अनुसार अस्पतालमा माग अनुसार अक्सिजन नभएको र अन्यत्रबाट आउनुपर्ने अक्सिजन आउन आधा घण्टा ढिला हुँदा अक्सिजन सप्लाई रोकिएर संक्रमितको मृत्यु हुन पुगेको हो ,

    ‘अक्सिजनको अभावले एकातिर बचाउन सकिने विरामीको पनि ज्यान गइरहेको छ, अर्कोतिर अस्पताल प्रशासनलाई निकै तनाव र समस्या भइरहेको छ’, गौतमले भने। ‘स्वास्थ्य मन्त्रालय, निर्देशनालय, उपमहानगरपालीका जताततै जानकारी गरायौं,’ उनले भने, ‘१० वटा सिलिन्डर ल्याएका छौं, त्यसपछि के हुन्छ थाहा छैन ।’

    पछिल्लो समय देशभरका कोरोना अस्पतालमा बिरामीको चाप बढेसँगै आक्सिजनको चरम अभाव भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार