Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बुटवलमा २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

    बुटवलमा २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 1.5K
    SHARES

    रुपन्देही। पछिल्ला केही दिनयता कोरोना भाइरसको संक्रमण बढ्दै गएको पाइएको छ।

    छिमेकी मुलुक भारतमा कोरोना भाइरसको महामारी भएसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको देखिन्छ । त्यस असरको उदाहरण बनेको छ बुटवल अस्पताल।



    यसैबीच,आज बिहान जिल्लाको बुटवलस्थित कोरोना विशेष अस्पतालमा २ जनाको मृत्यु भएको छ ।



    मृत्यु हुनेमा प्यूठान जिल्लाको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र जिल्लाकै–१ की ७१ वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए।

    गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि अस्पतालमा भर्ना गरिएका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको हो भने चैत २३ गते भर्ना भएकी महिलाको बिहान ७ बजेर २३ मिनेटमा मृत्यु भएको गौतमले बताए।

    मृत्यु हुनेहरु दुवै जनामा निमोनियाको समस्या रहेको गौतमले जानकारी दिए । अहिले अस्पतालमा ७ जना संक्रमित उपचाररत रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार