Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रहरी चौकीभित्रै आइसोलेसनमा रहेका असईको कोरोना संक्रमणबाट मृत्यु

    प्रहरी चौकीभित्रै आइसोलेसनमा रहेका असईको कोरोना संक्रमणबाट मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ जेष्ठ २०७८
  • 2K
    SHARES

    बुटवल। कोराना भाइरसको संक्रमणबाट नेपाल प्रहरीका एकजना सहायक निरीक्षक (असई)को मृत्यु भएको छ।

    मृत्यु हुनेमा लुम्बिनी प्रदेश दंगा नियन्त्रण गण सुनवलमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत ४५ बर्षीय असई शम्भुलाल परियार रहेका छन्।



    गत वैशाख २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरी चौकी चारपाल गुल्मीको भवनमा सेल्फ आइसोलेसनमा बस्दै आएका परियारलाई स्वास प्रस्वासमा समस्या भएपछि आइतबार राति १० बजे जिल्ला अस्पताल तम्घास पुर्‍याइएको थियो । तर,अस्पताल पुर्‍याइएलगत्तै डाक्टरले उनलाई मृत घोषित गरेका थिए।



    यसअघि गत बिहीबार महानगरीय अपराध महाशाखामा कार्यरत एक असईको उपचारका क्रममा मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार