Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रधानमन्त्रीको दावी : राष्ट्रपतिले स्वविवेक प्रयोग गर्दा कतै उजुरी लाग्दैन

    प्रधानमन्त्रीको दावी : राष्ट्रपतिले स्वविवेक प्रयोग गर्दा कतै उजुरी लाग्दैन

    अनलाइन नेपाल
  • आइतबार, ९ जेष्ठ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानमा राष्ट्रपतिले स्वविवेकीय अधिकार प्रयोग गर्न पाउने बताएका छन्।

    राष्ट्रपतिले संवैधानिक धारा प्रयोग गरेर जुनसुकै निर्णय लिँदा पनि उजुरी नलाग्ने दाबी गर्दै संविधानको धारा ७६ को उपधारा ५ लाई राष्ट्रपतिले स्वविवेकको रुपमा प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था रहेको बताए।



    आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा राष्ट्रपतिले संविधानको संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार बन्न समय दिएर, दावी परेर, दावी सदर हुन नसक्ने अवस्था देखेर आफ्नो अधिकार प्रयोग गर्दै फिर्ता लिएको ओलीको भनाई छ।



    ‘राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्र एउटा ठाउँ हो, त्यसविरुद्ध कहीँ उजुरी लाग्ने वा हेरफेर गर्ने ठाउँ हुँदैन । ’प्रधानमन्त्री ओलीले दावी गर्दै भने। राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि दिएको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए ।

    त्यस्तै प्रधानमन्त्री ओलीले नेकपा एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ जना गरी १५३ सांसदको समर्थन रहेको दावी पेश गरेका थिए । तर राष्ट्रपतिले दुबैको आधार नपुगेको भन्दै धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति गर्न अस्वीकार गरेकी थिइन् ।

    यस्तै, आजको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस समेत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बाटोमा लागेको भन्दै वितण्डातर्फ लागेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार