Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सर्वोच्चले कार्यालयमै पत्रकारलाई बोलाएर माफी माग्न दवाव दिएपछि महासंघको विरोध

    सर्वोच्चले कार्यालयमै पत्रकारलाई बोलाएर माफी माग्न दवाव दिएपछि महासंघको विरोध

    अनलाइन नेपाल
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 3.3K
    SHARES

    काठमाडौँ । नेपाल पत्रकार महासंघले समाचारको विषयलाई लिएर सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै पत्रकारलाई बोलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    आज महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै समाचारको विषयलाई लिएर पत्रकारहरुलाई सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै बोलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।



    ‘प्रकाशित/प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ । त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो । महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।



    यसअघि सर्वोच्चले प्रधानमन्त्री र प्रधानन्यायाधीशबिच भेट भएको समाचार लेखेको भन्दै २ जना सम्पादकलाई कार्यालय बोलाएर मौखिक स्पष्टीकरण सोधेको थियो।

    सोमबार बेलुका दुबैबिच प्रधानमन्त्रीको निजी निवासमा भेट भएको समाचार प्रकाशित गर्ने इमेजखवर डटकम र नेपाल समय डटकमका सम्पादक राजन कुइँकेल र नारायण अमृतलाई सर्वोच्च प्रशासनले बोलाएर स्रोत खुलाउन र माफी माग्न दबाब दिएको उनीहरुले बताएका छन्।

    यसैगरी सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको प्रष्ट पारेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार