Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • खोप भित्र्याउन राष्ट्रपतिको पहल

    फोन राखेपछि चीनले गर्यो ठूलो सहयोग, भारतलाई पठाएको पत्रको रेस्पोन्स नै आएन

    फोन राखेपछि चीनले गर्यो ठूलो सहयोग, भारतलाई पठाएको पत्रको रेस्पोन्स नै आएन

    अनलाइन नेपाल
  • बुधबार, १२ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । चीन सरकारले नेपाललाई अनुदान स्वरुप तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ।

    केहीबेर अघिमात्र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङलाई फोनमार्फत् खोप उपलब्ध गराउन आग्रह गरेपश्चात् चीनले उक्त घोषणा गरेको हो।



    स्रोतका अनुसार चीनले सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप उपलब्ध गराउने बताएको छ।



    चीनले नेपाललाई अहिलेसम्म कोरोना भाइरसविरूद्धको ८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने अहिले नेपालमा उक्त खोपको दोस्रो डोज लगाउने क्रम चलिरहेको छ।

    यसैबीच, राष्ट्रपति भण्डारीले मंगलबार भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्र पठाएर खोपको खरिदमा पहल गरिदिन आग्रह गरेकी थिइन्। तर भारतबाट भने अहिले सम्म पत्रको बारेमा केही जानकारी आइसकेको छैन। भारतले पनि नेपाललाई पहिलो चरणमा केही खोपहरु भने उपलब्ध गराएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार