Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चोरीका अभियुक्तसँग घुस लिएर छाडेको काण्डमा इन्स्पेक्टरमाथि छानविन

    चोरीका अभियुक्तसँग घुस लिएर छाडेको काण्डमा इन्स्पेक्टरमाथि छानविन

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 4.5K
    SHARES

    पर्सा। वीरगन्जमा डिएसपी प्रह्लाद कार्कीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको घटना सेलाउन नपाउँदै बारा प्रहरीमा घुसकाण्ड मच्चिएको छ। चोरीका अभियुक्तसँग घुस लिएर छाडेको आरोपमा बाराका  इन्स्पेक्टर विन्देश्वर यादवमाथि छानविन हुने भएको छ।

    इलाका प्रहरी कार्यालय प्रसौनी, नौतन गण्डकका इन्स्पेक्टर विन्देश्वर यादवले भलुहीस्थित प्लाष्टिकको बोरा उत्पादन गर्ने जय पशुपतिनाथ इम्पेक्स प्रालिमा चैत १४ गते राति भएको चोरीमा संलग्न अभियुक्तलाई मुद्दा नचलाई छाडेका हुन् । जय पशुपतिनाथ इम्पेक्सका संचालक तुलसी रौनियारले चोरीमा संलग्न आफ्नै उद्योगमा काम गर्ने दुई जना चालक र एक जना मजदुरसहित पाँच जनाको बारेमा लिखित किटानी जाहेरी दिएका थिए ।



    चोरीमा संलग्न पाँचमध्ये ४ जना गत जेठ ७ गते पक्राउ परेका थिए। पक्राउ पर्नेमा बारा, परवानीपुर गापा-२ मुसहरीका २४ वर्षीय सन्नीकुमार मण्डल, सोही स्थानका २२ वर्षीय मुनिल कुमार र २४ वर्षीय विक्की प्रसाद, वीरगंज १० रानीघाटका रामजीप्रसाद चौहान र भारत, उत्तरप्रदेश बनारसका ३५ वर्षीय शुभम पाण्डे रहेका थिए।



    चोरीका मुख्य नाइके वीरगंज १० रानीघाटकै अरबिन्दकुमार साह फरार छन्। तर, इन्स्पेक्टर यादवले पक्राउ परेका चोरीका अभियुक्तलाई मुद्दा नचलाई  ६ दिनमा तारेखमा छाडेपछि प्रहरीभित्रबाटै घटना बाहिर आएको स्रोतको दाबी छ।

    इन्स्पेक्टर यादवमाथि चोरीका अभियुक्तबाट लाखौं असुलेर छाडेको आरोप लागेको छ। यादवले भने आफु जोगिन साहुले जाहेरी नदिएकोले व्यवहारिक रुपमै विवाद मिलाउन भनेपछि छाडिएको वताउने  गरेका छन् । जबकी साहु रौनियारले घटना भएकै बेला लिखित किटानी जाहेरी दिएका थिए ।

    चोरी जस्तो मुद्दामा मिलापत्र गर्न सक्ने प्रावधान नभए पनि ६ दिनसम्म अभियुक्तलाई राखेर छाड्नु नै घुस लिएको प्रस्ट हुने प्रहरी स्रोतको दाबी छ। त्यसो त इन्स्पेक्टर यादव पटक – पटक घुस काण्डमा मुछिँदै आएका छन्।

    उनी सेटिङ मिलाएर दुई महिना अघि मात्र इलाका प्रहरी कार्यालय प्रसौनी, नौतन गण्डकको इन्चार्ज बनेका थिए। लामो समयसम्म बारा जिल्लामा बसेमात्र पनि उनलाई ठुलो राजनीतिक संरक्षण रहेको देखिन्छ। यादवले सिमा नाकामा तस्करहरुसँग खुलेआम रकम असुल्दा समेत उनीमाथि कारवाही हुन सकेको छैन।

    यता, घुसकाण्डको बारेमा अनुसन्धान गर्नुपर्नेमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी दीपेन्द्र शाही नै गुपचुप बसेपछि घटना दुई नम्वर प्रदेश प्रहरी कार्यालयसम्म पुगेको छ।

    दुई नम्वर प्रदेश प्रहरी कार्यालका प्रमुख डिआईजी धिरजप्रताप सिंहले घटनाको तत्काल अनुसन्धान गरी कारवाही थाल्न एसपी शाहीलाई निर्देशन दिएको प्रहरी स्रोतको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार