Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हिरासतमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भन्दै घुस लिने प्रहरी जवान अख्तियारको फन्दामा

    हिरासतमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भन्दै घुस लिने प्रहरी जवान अख्तियारको फन्दामा

    अनलाइन नेपाल
  • आइतबार, १३ असार २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय सीतागञ्ज सुनसरीका प्रहरी जवान कासिन्दर यादवविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    आयोगले जवान यादवविरुद्ध ६० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।



    प्रवक्ता रिसालका अनुसार यादवले इलाका प्रहरी कार्यालय सीतागञ्जमा परेको उजुरी मिलाइ दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम मागेको भन्ने सूचना र उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिइ गएको टोलीले उनलाई घुसबापतको रकमसहित पक्राउ गरेको थियो ।



    हिरासतमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भनेर सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको प्रवक्ता रिसालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार