Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • निषेधाज्ञामा अटेर गरी पसल संचालन गर्ने १३ जना नियन्त्रणमा

    निषेधाज्ञामा अटेर गरी पसल संचालन गर्ने १३ जना नियन्त्रणमा

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    सांकेतिक तस्विर

    सप्तरी। निषेधाज्ञा उल्लंघन गरी संचालन गरिएका पसल संचालकहरुलाई सप्तरी प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ ।

    कोभिड–१९ को दोस्रो लहरको महामारी न्यूनीकरण गर्न लगाईएको निषेधाज्ञामा अत्यावश्यक सामग्रीबाहेक पसल संचालन गरेको भेटिएपछि प्रहरीले १३ जना व्यापारीहरुलाई नियन्त्रणमा लिएको हो ।



    सप्तरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) माधव प्रसाद काफ्लेका अनुसार पक्राउ पर्नेहरुमा किराना पसल, कस्मेटिक पसल, मोबाईल पसल, कपडा पसल र फलफु पसलका संचालक गरी १३ जनालाई नियन्त्रणमा लिएको उनको भनाई छ ।



    पक्राउ परेका सबैलाई कोभिड–१९ सङकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय सप्तरीमा उपस्थित गराई जरिवाना लिई छोडिएको सप्तरीका डिएसपी काफलेले जानकारी दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार