Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • एमाले स्थायी कमिटीको बैठक आजपनि स्थगित, कारवाही रोकेर नयाँ प्रपन्च रच्दै ओली

    एमाले स्थायी कमिटीको बैठक आजपनि स्थगित, कारवाही रोकेर नयाँ प्रपन्च रच्दै ओली

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटीको बैठक आजपनि स्थगित भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज चार बजेलाई बोलाइएको बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाले जानकारी दिए ।



    तामाङका अनुसार बैठक भोलि पुन बस्ने भएको छ। यसअघि पनि गत आइतबारका लागि बोलाइएको बैठक सोमबार हुदै मंगलबार मात्रै बसेको थियो ।



    आजको बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी, बजेट, पार्टी एकता र लुम्बिनी प्रदेशमा भएको राष्ट्यि सभा उपनिर्वाचन लगायतका विषयमा छलफल हुने तयारी थियो ।

    यसअघि हिजो (मंगलबार) बसेको बैठकले पार्टी एकताका लागि जोड दिने र हदैसम्मको लचकता अपनाउने निर्णय गरेको थियो।

    यद्यपी एमाले एकता टरिसकेको निष्कर्षमा अध्यक्ष ओली र माधव नेपाल दुवै पुगिसकेका छन् । तर, यसअघि स्पष्टिकरण सोधिएका १२ जना नेतालाई कारवाही रोकेर ओलीले नयाँ प्रपन्च रच्दै  उनीहरुलाई आफूतिर ल्याउने प्रयास गरिरहेको बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार