Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कोरोना अपडेट

    संक्रमित भन्दा निको हुनेको संख्या बढी, ७,२१९ जना डिस्चार्ज

    संक्रमित भन्दा निको हुनेको संख्या बढी, ७,२१९ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमितको संख्या ५,३१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको पौडेलले बताए ।

    मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार आज कोरोना भाइरस संक्रमणका कारण १०१ जनाको मृत्यु भएको छ ।



    यस्तै, पछिल्लो २४ घण्टामा ७,२१९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता पौडेलले बताए। हालसम्म ८०.८ प्रतिशतले कोरोना जितेका छन्।



    यसैगरी, आज काठमाडौँ जिल्लामा  ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् ।

    यसअघि हिजो ६०८५ जनामा संक्रमण पुष्टि हुँदा ६८ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार