Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सर्वोच्चका कारण नागरिकतासम्बन्धी समस्या झन् भयावह हुन्छ : महन्थ ठाकुर

    सर्वोच्चका कारण नागरिकतासम्बन्धी समस्या झन् भयावह हुन्छ : महन्थ ठाकुर

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेशलाई रोक्दा झन् नागरिकतासम्बन्धी समस्या भयावह हुने बताएका छन् ।

    बिहीबार सर्वोच्चले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशविरुद्धमा परेको रिट निवेदनमा सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश दिएपछि जसपा अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् ।



    आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका मन्त्री राजकिशोर यादवको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताए ।



    यस्तै, उनले ३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसदमा अड्किएको उल्लेख गर्दै संसदले नागरिकतासम्बन्धी विषयमा निर्णय गर्न नसकेको बताए । नागरिकताको अभावमा नागरिकहरु रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार