Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • डाँका मुद्दामा १२ बर्षदेखि फरार रहेका व्यक्ति पक्राउ

    डाँका मुद्दामा १२ बर्षदेखि फरार रहेका व्यक्ति पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    बारा। डाँका चोरी मुद्दामा १२ वर्षदेखि फरार रहेका जिल्लाको विश्रामपुर गाउँपालिका-५ बस्ने ४० वर्षीय पन्नालाल महतो धानुकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला अदालत बाराको २०६६ मंसिर १६ गतेको फैसलाले उक्त मुद्दामा ६ वर्ष कैद र ६४ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।



    उनलाई जिल्ला अदालत बाराको आदेशानुसार कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार