Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्रसहित चार मन्त्रीले लिए सपथ

    गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्रसहित चार मन्त्रीले लिए सपथ

    अनलाइन नेपाल
  • शनिबार, २९ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    पोखरा  । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ५ मन्त्रीले शपथ लिएका छन्। ।

    शनिबार राति प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली काँग्रेसका संसदीय दलका नेता पोखरेलसँगै अन्य ४ जना मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन । चारैजना मन्त्री विना विभागीय हुन् ।



    काँग्रेसबाट कुमार खड्का,नेकपा माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले बिना बिभागीय मन्त्रीका रुपमा सपथ गराएकी हुन ।



    प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार दिउँसो पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन ।

    पोखरेल काँग्रेस, माओवादी केन्द्र, राजमो र जसपा गरी चार दलका ३० सांसद तथा एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन। मुख्यमन्त्री पोखरेलले  असार १ गतेभित्र बजेट ल्याउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाएका हुन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार