Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चीनको चेतावनी – मुठीभरका जी-७ देशहरूले अब संसारको भविष्य निर्णय गर्ने दिनहरू गए 

    चीनको चेतावनी – मुठीभरका जी-७ देशहरूले अब संसारको भविष्य निर्णय गर्ने दिनहरू गए 

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 9.6K
    SHARES

    एजेन्सी। चीनले जी-७ देशका नेताहरूलाई अबदेखि मुठीभर देशहरूले संसारको भविष्यको निर्णय गर्ने दिनहरू समाप्त भइसकेको चेतावनी दिएको छ।

    ब्रिटेनमा धनी राष्ट्रहरूको समूह जी-७  बैठकको क्रममा यसका नेताहरूले चीनलाई  शिन्जियाङ क्षेत्रमा मानवअधिकारको सम्मान गर्न र हङकङलाई बढी स्वायत्तता दिन आग्रह गरेसँगै चीनले यस्तो चेतावनी दिएको हो।



    त्यस्तै ‘पूर्वी र दक्षिण चीन सागर’ मा पनि एकपक्षीय कारवाही गर्नबाट रोक्न चीनलाई आग्रह गरेका छन् ।



    लन्डनमा चिनियाँ दूतावासका प्रवक्ताले भनेका थिए, “हामीले सदैव विश्वास गरेका छौं कि कुनै पनि देश चाहे ठूलो होस् वा सानो, कडा होस् वा कमजोर, गरीब होस् वा धनी, सबै समान छ र विश्वव्यापी मामिला सबै देशले विचार गर्नुपर्दछ। यो हुनु पर्दछ।’

    चीनको यो बयान यस्तो बेला आएको छ जब जी-७ का देशले आफूलाई चीनको अगाडि एकजुट हुने प्रयास गर्दैछन्।

    जी-७ देशहरूमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका सामेल छन्।

    बेलायतीको कर्नवालमा आयोजित  शिखर सम्मेलनमा  अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनापछिको महामारीमा लोकतान्त्रिक देशहरू र तानाशाही प्रणाली भएका देशहरूबीच द्वन्द्वको स्थिति आएको वताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार