Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • चार्टर्ड उडानमा बढी भाडा लिने एजेन्सीमाथि कारबाही

    चार्टर्ड उडानमा बढी भाडा लिने एजेन्सीमाथि कारबाही

    अनलाइन नेपाल
  • बुधबार, ९ असार २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले निषेधाज्ञाको समयमा खुला गरेको चार्टर्ड उडानमा ट्राभल एजेन्सीले महंगो भाडा असुली गरेको गुनासो आएपछि यात्रुहरुसँग त्यसबारेको विवरण उपलब्ध गराउन आह्वान गरेको छ ।

    सरकारले निषेधाज्ञाको समयमा खुला गरेको चार्टर्ड उडानमा ट्राभल एजेन्सीले महंगो भाडा असुल गरेको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन समिति गठन गरेको थियो । छानविन समितिले एक सार्वजनिक सूचना प्रकाशित गर्दै सर्वसाधारणले २४ वैशाख २०७८ देखि अहिलेसम्म अन्तर्राष्ट्रिय चार्टर्ड उडानबाट यात्रा गरेका र महंगो भाडा तिरेका यात्रुलाई त्यसको प्रमाण (टिकट) उपलब्ध गराउन आग्रह गरेको हो ।



    सरकारले अन्तर्राष्ट्रिय चार्टर्ड हवाई उडानमा बढी भाडा तिरेर यात्रा गरेको भए मन्त्रालयलाई दिन सर्वसाधारण यात्रुसँग आहृवान गरेको हो । यात्रुले आफुसँग भएको टिकट समितिको इमेल ठेगाना [email protected] मा इमेल गर्न सकिने भएको छ ।



    समितिको फोन नम्बर ०१–४२६२३२६/४२६२४१६ मा फोन गरेर पनि आफ्नो प्रमाण प्रस्तुत गर्न सकिने भएको छ । सरकारले विदेशमा अलपत्र परेका वा नेपालबाट विदेश जाने यात्रुलाई लक्षित गरि चार्टर्ड उडानको अनुमति दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार