Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • योगेश भट्टराईमाथि हतियार तस्करीदेखि चार्टर्ड फ्लाइटबाट कमिशन खाएको आरोप

    योगेश भट्टराईमाथि हतियार तस्करीदेखि चार्टर्ड फ्लाइटबाट कमिशन खाएको आरोप

    अनलाइन नेपाल
  • शनिबार, १ माघ २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री  प्रेम आलेले नेकपा एमालेका सचिव योगेश भट्टराईमाथि बिगतमा हतियार तस्करी गरेको आरोप लगाएका छन् । पर्यटन मन्त्री प्रेम आलेले एक टेलिभिजन अन्तर्वार्तामा उनीमाथि यस्तो गम्भिर आरोप लगाएका हुन् ।

    ‘जतिबेला माओवादी युद्ध चर्किएको थियो । माओवादी साथीहरु भूमिगत हुनुहुन्थ्यो । सेना र माओवादीको बीचमा वार भइरहेको थियो । त्यो खरखजानासहित २ नम्बरी गर्नुहुन्थ्यो । उहाँ ताप्लेजुङबाट लुरुलुरु काठमाडौं आएको त हो नी । त्यही खरखजाना बेचेर काठमाडौंमा घर बनाउनु भएको छ,’ मन्त्री आलेले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्,‘त्यो पनि सोध्नु होला । उहाँ त हतियार खरखजानाको तस्करी गर्नुहुन्थ्यो । हाम्रो पार्टीका आदर्णीय नेता पूर्व प्रधानमन्त्री माधव नेपाल प्रधानमन्त्री हुँदाखेरि उहाँ मातहतको मन्त्रीलाई तपाईंले काम गर्न सक्नु भएन भन्दाखेरि उहाँले तपाईं हतियारको तस्करी गर्ने भन्दाखेरि उहाँ चुप्पो लाग्नु भयो ।’



    भट्टराईले तातोपानी नाकाबाट हतियारको तस्करी गर्ने गरेको मन्त्री आलेले आरोप समेत लगाए ।



    त्यस्तै पर्यटन बोर्डका निवर्तमान सिइओ धनन्जय रेग्मीले समेत विमानस्थलबाट ३० ग्राम सुन तस्करी गरेपछि भन्सारले जरिवाना तिराएको समेत उनले पोल खोलिदिएका छन् । रेग्मीसँग समेत भट्टराईको पार्टनरसिप रहेको हुनसक्ने उनको आरोप थियो ।

    भट्टराईले कोरोना महामारीको बेला हिमालय एयरलाइन्सलाई चार्टर्ड फ्लाइटको उडान अनुमति दिँदा कमिशन खाएको समेत मन्त्री आलेले आरोप लगाएका छन्। जुन कुरा छानविन समितिको प्रतिवेदनबाट पुष्टि भएको उनको भनाइ थियो।

    भट्टराईमाथि कमिशन खाएर कौडीको भाउमा  यती समुहलाई नेपाल एयरलाइन्स बेच्न खोजेको आरोप लागेको छ । भट्टराईले गरेका कर्तुतहरुको फेहरिस्त केही दिनमै पर्दाफास हुने मन्त्री आलेले दाबी गरेका छन् ।

    यात्रु ठग्ने विमान सेवा प्रदायक कम्पनीलाई भट्टराईले कारवाही गर्नुको साटो विभिन्न बहाना बनाएर उन्मुक्ति दिने काम गरेको आरोप लागेको छ ।

    भट्टराईले नै चार्टर्ड उडान गर्ने कम्पनीसँग कमिशन खाएका कारण कोरोना महामारीको समयमा खाडी मुलुकबाट नेपाल आउने यात्रुहरुले चर्को पैसा तिर्न वाध्य भएको मन्त्री आलेको दाबी थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार