Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आईजीपीले नै एसएसपीलाई बढुवामा बालुवाटारले नाम काटेको बताएपछि…

    आईजीपीले नै एसएसपीलाई बढुवामा बालुवाटारले नाम काटेको बताएपछि…

    अनलाइन नेपाल
  • बुधबार, ९ असार २०७८
  • 5.6K
    SHARES

    काठमाडौं । भोलिबाट उमेर हदका कारण अवकाश पाउन लागेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप चौधरीले राजनीतिक आरोप लगाएर आफूलाई बढुवामा बन्चित गरिएको भन्दै प्रहरी संगठनप्रति नै गुनासो पोखेका छन् । सेवाको अन्तिम दिन आज आयोजित भेटघाट तथा पत्रकार सम्मेलनमा चौधरीले भनेका छन्–‘मेरो क्वालिटी र मेरो कार्यसम्पादन नजरअन्दाज गरेर मलाई बढुवाबाट बन्चित गराइयो ।’ ५५ वर्षे उमेरहदका कारण दिलिप चौधरी उमेरहदका कारण भोलि अर्थात १० असार २०७८ बाट अवकाशमा जाँदैछन्।

    ब्याचमेट क्षेत्री संगठन प्रमुख भएर नेतृत्व हाँकिरहँदा एसएसपीबाटै रिटायर्ड हुन परेको भन्दै उनले गुनासो पोखेका हुन् । चौधरी आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन्। हुनत प्रहरी नायब महानिरीक्षक (डिआईजी) बन्नको लागि उनले अन्तिम समसम्म कसरत गरे। तर, सफल हुन सकेन।



    आफूलाई अन्याय भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राख्न खोज्दा समेत भेट नपाएको गुनासो गर्दै उनले संगठन प्रमुखले समेत चासो नदिएको बताए । उनले भने–‘यसमा चाहिँ मलाई दुःख लागेको छ, आपत्ति जनाउँछु। यसले नैरश्यता तथा असुरक्षा महसुस गरेको छु । आईजीपी सापलाई भेट्न जाँदा बालुवाटरले नाम काटेको भन्नुभयो।’



    गृहसचिव महेश्वर न्यौपानेले समेत भेट्न नमानेको उनको गुनासो छ ।  बढुव समितिको अध्यक्ष न्यौपानेले समेत बालुवाटरबाट नाम काटेको हो मैले केही गर्न सक्दिन भनेर आफूलाई पठाएको चौधरीले बताए।

    एसएसपी चौधरीले सँगैका ब्याचीले संगठन चलाईरहँदा मलाई भने संगठनले नै असहयोग गर्दा बढुवामा परिन भनेर गुनासो पोख्नु भएको छ नि ? भन्ने बारे नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरसँग प्रतिक्रिया लिंदा बढुवा प्रक्रिया निष्पक्ष हुने हुँदा चौधरीको विचारबारे संगठनको तर्फबाट आफूले अन्य प्रतिक्रिया दिन नसक्ने बताए । उनले भने–‘अहिले बढुवा विधि र कानूनसम्मत र कार्यसम्पादन मूल्यांकन अनुसार नै हुने गरेका छन् ? मनगणन्ते रुपमा बढुवा हुने होइन् । अब उहाँको किन बढुवा भएन र संगठनमाथि किन आरोप लगाउनु भयो ? उहाँलाईनै थाहा होला ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार