Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाल प्रहरीमा एआइजी र डिआइजी बढुवामा कडा प्रतिस्पर्धा

    नेपाल प्रहरीमा एआइजी र डिआइजी बढुवामा कडा प्रतिस्पर्धा

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असार २०७८
  • 4.9K
    SHARES

    काठमाडौं। सरकारले नेपाल प्रहरीमा एक एआइजीको दरबन्दी थप गरेसँगै रिक्त हुन आउने एक डिआइजी पदमा  बढुवाका लागि  चर्को प्रतिस्पर्धा चलेको छ । अहिले जो डिआइजीमा बढुवा हुन्छ, उही पछि आईजीपी बन्ने सम्भावना रहने हुँदा कडा प्रतिस्पर्धा चलेको हो।

    एआइजीमा डिआइजीहरु घनश्याम अर्याल, सहकुल थापा, धिरजप्रताप सिंह, बसन्त लामा, उत्तम सुवेदीलगायत प्रतिस्पर्धामा छन् । उनीहरुमध्ये अर्याल आईजीपी शैलेश थापाका व्याची हुन।



    कार्यक्षमतामा कमजोर मानिएका उनी आईजीपी क्षेत्रीसँगै अबकाश हुने हुँदा उनको बढुवा हुने संभावना देखिदैन। थापा, सिंह  लामा र सुवेदीमध्ये एक जना एआईजीमा बढुवा भएको खन्डमा विश्वराज पोखरेलसँगै आईजीपीमा प्रतिस्पर्धा गर्न पाउँछन्।



    त्यस्तै रिक्त हुने आउने एक डिआइजीको बढुवाका लागि एसएसपीहरु सौरभ राणा, सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेश जोशी, दिपक थापा, श्यामलाल ज्ञवाली लगायत प्रतिस्पर्धामा छन् ।

    यि मध्ये  पहिला बढुवामा छुटेका  राणालाई बढुवा गर्नुपर्ने अडानमा आईजीपी क्षेत्री छन् भने बालुवाटारबाट सन्दिप भण्डारीको दबाब परेको छ। पहिला बलात्कारको आरोपमा कारवाहीमा परेका राणालाई अदालतले सफाइ दिइसकेको छ।

    भण्डारी बिमानस्थलमा कार्यरत रहँदा डलर तस्करीमा पक्राउ परेका व्यापारी सुबास श्रेष्ठसँगको कनेक्सनका कारण झन्डै कारवाहीमा परेका थिए। भण्डारीकै संरक्षणमा कफीसपको आबरणमा श्रेष्ठले हुन्डी, डलरलगायतको तस्करी गर्दै आएका थिए।

    त्यतिखेर राजनीतिक दबाबमा कारण भण्डारी कारवाहीमा पर्नबाट जोगिएका थिए।  राष्ट्रिय अनुसन्धान बिभागले भण्डारी र श्रेष्ठको कनेक्सन पत्ता लगाएको थियो। अर्कोतिर, बढुवामा राजनीतिक दाबाबसामु आईजीपीको अडानले भने कुने अर्थ नराख्ने संकेत देखिएको छ।

    किनकी आफ्नै व्याचका एसएसपी दिलिप चौधरीलाई उनले बढुवा सिफारिस गर्न सकेनन्।

    चौधरीले एसएसपीको ५५ वर्षे उमेरहदका कारण अवकाश पाएका हुन् । आफुलाई डिआइजी बढुवामा अन्याय भएको बुधबार पत्रकार सम्मेलन आयोजना गरी उनले गुनासो गरेका थिए ।

    सेवाको अन्तिम दिन आयोजित भेटघाट तथा पत्रकार सम्मेलनमा चौधरीले भनेका थिए –‘मेरो क्वालिटी र मेरो कार्यसम्पादन नजरअन्दाज गरेर मलाई बढुवाबाट बन्चित गराइयो ।’

    आफूलाई अन्याय भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राख्न खोज्दा समेत भेट नपाएको गुनासो गर्दै उनले संगठन प्रमुखले समेत चासो नदिएको बताएका थिए । उनले भनेका थिए–‘यसमा चाहिँ मलाई दुःख लागेको छ, आपत्ति जनाउँछु। यसले नैरश्यता तथा असुरक्षा महसुस गरेको छु । आईजीपी सापलाई भेट्न जाँदा बालुवाटरले नाम काटेको भन्नुभयो।’

    एसपी बढुवा हुँदा पहिलो नम्बरमा भएकाले उनी प्रहरी नेतृत्वका दाबेदारमध्ये एक मानिएका थिए । तर, पावर नपुगेका कारण उनले एसएसपीबाटै अवकाश पाए । उनीभन्दा जुनियर ब्याचका एआईजी भइसकेका छन् ।

    प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी भन्छन् , ‘एसएसपी दिलिप चौधरीलाई उनकै ब्याची आईजीपीले चाहेको भए वढुवा गराउन सक्दथे, तर माथिल्लो निकायका यस्ता खालका समस्याको समाधानका लागि कन्भिन्स गर्न नसक्दा तथा एउटा स्वार्थी समूहको कुरा सुन्दा इमान्दार आईजीपी संगठनमा दिनप्रतिदिन निरीह बन्दै गएका छन्।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार