Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  •  लद्दाख सिमाबाट सेनालाई हटाउने बिषयमा भारत र चीनबीच छलफल

     लद्दाख सिमाबाट सेनालाई हटाउने बिषयमा भारत र चीनबीच छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असार २०७८
  • 2.3K
    SHARES

    तस्बिर:एएफपी

    एजेन्सी। भारत र चीनले शुक्रबार पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा सबै विवादित स्थानबाट सेनालाई पूर्ण रूपले फिर्ता लिन छलफल गरेका छन्।

    भारत र चीन दुबै पक्षले  पारस्परिक रूपमा सहमत हुने बाटो खोज्न सहमति जनाए।



    गत वर्षको सुरुमा पूर्वी लद्दाखमा शुरू भएको विवाद सुल्झाउनका लागि दुई देशबीच कूटनीतिक वार्ताको अर्को चरण शुरु भएको हो।



    भारतीय परराष्ट्र मन्त्रालयले दुबै पक्षले १२ औं चरणको सैन्य स्तरको वार्ता  गर्न सहमत भएको जनाएको थियो ।

    यसको उद्देश्य विद्यमान द्विपक्षीय सम्झौताहरू र कूटनीतिक प्रक्रियाहरूको अनुसरण गर्दै पश्चिमी क्षेत्रको वास्तविक नियन्त्रण रेखामा सबै विवादित स्थानहरूबाट सेना फिर्ता फिर्ता लिने लक्ष्य हासिल गर्नु हो।

    विदेश मन्त्रालयले  पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखाको छेउछाउका क्षेत्रहरूका बारे दुबै पक्षमा खुला वार्ता भएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार