Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • निषेधाज्ञा उलंघन गर्ने १,७५४ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

    निषेधाज्ञा उलंघन गर्ने १,७५४ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय ५४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ५ सय ८४ वटा गाडी र १ हजार १ सय ७० वटा मोटरसाइकल रहेका छन् ।

    नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरीको भनाइ छ ।



    साथै, नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ सय ४८ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६० हजार ९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ। 



    यस्तै, निषेधाज्ञा उल्लंघन गर्ने ८३ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ८ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा २ हजार ४२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

    साथै, देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ६८ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार १ सय २७ जनालाई सचेत गराइएको छ ।

    निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार