Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • २,७६० जनामा कोरोना पुष्टि हुँदा ४,०१७ जना संक्रमणमुक्त, ३३ जनाको मृत्यु

    २,७६० जनामा कोरोना पुष्टि हुँदा ४,०१७ जना संक्रमणमुक्त, ३३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । २४ घण्टामा देशभर ३ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको ७ हजार १३० पीसीआर परीक्षणमा १ हजार ८५७ जना र ३ हजार ८५५ जनाको एन्टिजेन परीक्षणमा ९०३ जनामा कोरोना संक्रमण देखिएको हो । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ७६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।



    योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४० हजार ६६२ पुगेको छ भने कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १४९ पुगेको छ ।



    मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १४५ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार