Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भारतीयलाई नागरिकता बनाइदिएको आरोपमा वडाध्यक्षसहित ८ जना पक्राउ

    भारतीयलाई नागरिकता बनाइदिएको आरोपमा वडाध्यक्षसहित ८ जना पक्राउ

    जन्मदर्ता बनाएको १५ दिनभित्रै नागरिकता !

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 4.5K
    SHARES

    फाइल फोटो

    नवलपरासी (पूर्व) । इलाका प्रहरी कार्यालय गैंडाकोटले भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा वडाध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जिल्लाको गैंडाकोट नगरपालिका–६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित भारतीय नागरिक ३३ वर्षीय जमिर देवन, नक्कली बाबु बनेका ५२ वर्षीय सफी अल्ला मियाँ, वडा सदस्य पवित्रा सापकोटा र चार जना साक्षीहरु रहेका छन्।



    इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार वडाध्यक्ष सापकोटासहित ८ जनाले भारतीय नागरिक जमिर देवनलाई गैंडाकोट–६ का स्थानीय जमिर मिया हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको अभियोगमा पक्राउ गरिएको हो।



    वडाध्यक्ष सापकोटाले २०७७ चैत १ गते पहिचान विनै वंशजका आधारमा नागरिकता बनाउन झूठो विवरण पेश गरी नक्कली सिफारिस बनाइदिएका थिए । भारतीय नागरिक देवनलाई आफ्नै छोरा भन्दै नागरिकतामा उल्लेख आमा भनिने ममिता खातुनले सानैमा छोडेर गएको भनी झुठो विवरण पेश गरेर मियाँले नागरिकता बनाइदिएको प्रहरीको भनाइ छ ।

    नक्कली बुबा आमाको नाता कायम गरी वडाध्यक्ष सापकोटाले जन्मदर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा मिति २०७७ चैत ८ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट पुस्ता पूर्वबाट नेपाली नागरिकताको प्रमाणपत्र बनाइदिएका थिए ।

    जन्मदर्ता बनाएको १५ दिनभित्रै नागरिकता बनेको देखिएको प्रहरीको भनाइ छ । आरोपी देवनका जेठानले पनि उनी भारतीय नागरिक भएको स्वीकार गरेका छन् ।

    पक्राउ परेका आठै जनालाई नागरिकता सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान थालिएको गैंडाकोट प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार