Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • गगन थापा देउवा कित्तामा, मन्त्री बन्दै

    गगन थापा देउवा कित्तामा, मन्त्री बन्दै

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । जीवनको ७५ बर्षमा आइपुग्दासम्म  पांचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् ।

    मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।



    देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि कांग्रेसका नेताहरु छलफलमा व्यस्त छन् । कांग्रेसबाट अहिले स्वास्थ्यमन्त्रीका लागि गगन थापाको चर्चा चुलिएको छ । सामाजिक संञ्जालदेखि नेपाली कांग्रेसभित्र गगन थापालाई अहिले स्वास्थ्यमन्त्री बनाउन दबाब दिइरहेका छन् ।



    कोभिडसँग लड्न गगन थापाले दिएका सुझावहरुले राम्रो प्रतिक्रिया पाएको कारण अहिले स्वास्थ्यमन्त्रीमा गगन थापा उपयुक्त हुने तर्क सहित गगन थापालाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्ने माग गरिरहेको पाईएको छ ।

    त्यसो त, कांग्रेसमा प्रभावशाली छबि बनाएका नेता थापालाई मन्त्रीमा नियुक्त गरेर सभापति देउवाले आगामी महाधिबेशनको लागि आफ्नो पकड दरो बनाएको पनि देउवा निकट नेताहरु बताउछन् ।

    यद्यपि थापाले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार