Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बिहान बालुवाटार प्रवेश गरेका प्रधानमन्त्री देउवाले दिउँसो त्यहीँ बोलाए पार्टीको बैठक

    बिहान बालुवाटार प्रवेश गरेका प्रधानमन्त्री देउवाले दिउँसो त्यहीँ बोलाए पार्टीको बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 3K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बालुवाटारमा बस्ने भएको छ।

    पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेकै दिन त्यहाँ आज कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो। सरकारी निवासलाई पार्टी कार्यालयजस्तो गरी प्रधानमन्त्रीले प्रयोग गरेकोमा यसअघिदेखि नै विरोध भइरहेको थियो।



    यसअघि सानेपास्थित पार्टी कार्यालय वा बूढानिलकण्ठस्थित देउवा निवासमा यसअघि कांग्रेसको पदाधिकारी बैठक बस्ने गरेको थियो । सभापति देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमै पार्टी बैठक राखिएको हो ।



    पार्टीका मुख्यसचिव कृष्ण पौडेलका अनुसार दिउँसो २ बस्ने बैठकमा बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको आसन्न १४औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे पनि छलफल हुनेछ ।

    कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि अन्य मन्त्रीबारे निर्णय हुन बाँकी छ । मन्त्री बन्ने आकांक्षीहरू धेरै भएपछि नाम टुङ्गो लगाउन पार्टी सभापति तथा प्रधानमन्त्री देउवालाई दवाव बढेको छ ।

    यसअघि प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफलबाटै मन्त्रीको टुंगो लगाउने बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार