Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • लागूऔषध चरेशसहित सर्लाहीबाट तीन जना पक्राउ

    लागूऔषध चरेशसहित सर्लाहीबाट तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ९ साउन २०७८
  • 1.8K
    SHARES

    आर एन यादव/ सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्वर २ स्थित नेपाल भारतको सिमाबाट शुक्रबार राति अवैध लागूऔषध चरेश सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुर साविक टिस्टुङ गाविस वडा नम्वर १ हाल थाहा नगरपालिका वडा नम्वर ११ बस्ने माईला तामाङको ५९ वर्षीय छोरा बिर बहादुर बल, मकवानपुरकै कैलाश गाउँपालिका वडा नम्वर ५ बस्ने बल बहादुरकाको २५ वर्षीय छोरा सुकराम पाख्री र काभ्रे नमीबुद्ध नगरपालिका वडा नम्वर ११ बस्ने आईत सिंह तामाङको छोरा सुकलाला तामाङलाई प्रहरी चौकी गोरखकाली र सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट मलंगबाट खटिएको संयुक्त टोलिले उनीहरुलाई पक्राउ गरिएको हो ।



    उनीहरुको साथबाट लागूऔषध चरेश जस्तो पदार्थ ११ किलो १ सय ग्राम, र सुकलालको साथबाट १६ हजार भारु रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।



    पक्राउ परेका उनिहरु विरुद्ध लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार