Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • निर्मला पन्तको हत्यारा पत्ता लगाई तत्काल कारबाही गर्न आइजिपीलाई प्रधानमन्त्रीको निर्देशन

    निर्मला पन्तको हत्यारा पत्ता लगाई तत्काल कारबाही गर्न आइजिपीलाई प्रधानमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 4.3K
    SHARES

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई चाँडोभन्दा चाँडो पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका छन्।

    कञ्चनपुरकी पन्तको हत्या भएको तीन वर्ष पुग्दा पनि अपराधी पत्ता नलागेकोप्रति प्रधानमन्त्रीले चासो देखाएका हुन्।



    गृहमन्त्री बालकृष्ण खाँड पनि उपस्थित वार्तामा प्रधानमन्त्रीले आइजिपी शैलेश थापा क्षेत्रीबाट घटनाको अनुसन्धानबारे पनि जानकारी लिएका हुन्। आइतबार साँझ उनीहरुबीच भेट भएको हो।



    ‘पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सन्जाल फेसबुकमा लेदेका छन्, ‘चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार