Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • टोकियो ओलम्पिकः चीनलाई पछ्याउँदै अमेरिका

    टोकियो ओलम्पिकः चीनलाई पछ्याउँदै अमेरिका

    अनलाइन नेपाल
  • आइतबार, १७ साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकको पदक तालिकामा अमेरिका चीनलाई पछ्याउँदै छ । चीन २३ स्वर्णसहित शीर्ष स्थानमा रहँदा अमेरिकाको २० स्वर्ण छ । आयोज जापान भने तेस्रो स्थानमा चित्त बुझाइरहेको छ । चीन २३ स्वर्ण, १४ रजत र १२ कास्यसहित ४९ पदकका साथ तालिकाको शीर्ष स्थानमा छ।

    त्यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्ण, २० रजत र १४ कास्य गरी ५४ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले १९ स्वर्ण पदकसहित कुल ५२ पदक जितेको छ ।



    तेस्रो स्थानमा रहेको जापानले १७ स्वर्णसहित कुल ३० पदक जितेको छ। अष्ट्रेलिया १४ स्वर्णसहित ३१ पदक जितेर चौंथो स्थानमा रहदा रसिया ११ स्वर्णसहित कुल ३८ पदक जितेर पाँचौं स्थानमा रहेको छ।



    त्यस्तै ग्रेट ब्रिटेनले ९ स्वर्ण जित्दा दक्षिण कोरियाले ५ स्वर्ण जितेको छ। फ्रान्स, नेदरल्यान्ड्स र न्युजिल्याण्डले ४÷४ स्वर्ण हात परेका छन् । त्यस्तै टोकियो ओलम्पिकमा स्वर्ण जित्ने राष्ट्रको संख्या २९ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार