Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • टोकियो ओलम्पिक : चीन अघिअघि अमेरिका पछिपछि, हालसम्म कुन देशको कति स्वर्ण ?

    टोकियो ओलम्पिक : चीन अघिअघि अमेरिका पछिपछि, हालसम्म कुन देशको कति स्वर्ण ?

    अनलाइन नेपाल
  • बुधबार, २० साउन २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०)को पदक तालिकामा चीन शीर्षस्थानमा छ। ११ दिनको खेल सकिँदा पनि चीनले शीर्षस्थानलाई जोगाएको छ।

    चीनले मंगलबारसम्म ३२ स्वर्ण, २१ रजत र १६ कास्य गरी कुल ६९ पदक जितेको छ। अमेरिका २४ स्वर्ण, २७ रजत र २१ कास्यगरी कुल ७२ पदक जित्दै चीनलाई पछ्याइरहेको छ। आयोजक जापान १९, स्वर्ण ६ रजत र ११ कास्यगरी कुल ३६ पदक गरी जापान तेस्रो स्थानमा यथावत रहेको छ।



    १४ स्वर्ण, ४ रजत र १५ कास्यगरी कुल ३३ पदक हात पारेको अष्ट्रेलिया चौथो स्थानमा रहँदा रसियन ओलम्पिक कमिटि टोली (आरओसी) १३ स्वर्ण, २१ रजत र १८ कास्यसहित ५२ पदक जित्दै पाँचौ स्थानमा यथावत रहेको छ। इंग्ल्यान्ड १३ स्वर्ण, १७ रजत र १३ कास्यगरी कुल ४३पदक जितेर छैटौं स्थानमा रहेको छ।



    जर्मनी ८ स्वर्ण, ८ रजत र १४ कास्यगरी ३० पदकसहित सातौं स्थानमा उक्लदा फ्रान्स ६ स्वर्ण, १० रजत र ८ कास्यसहित २४ पदक जितेर आठौं स्थानमा झरेको छ। नेदरल्यान्ड्स ६ स्वर्ण, ७ रजत र ७ कास्यगरी २० पदक जित्दै नवौं स्थनमा उक्लदा मंगलबार कुनै पदक जित्न नसकेको दक्षिण कोरियाल६ स्वर्ण ४ रजत र ९ कास्यगरी कुल १९ पदकसहित शीर्ष १० मा अटाएका छन्।

    न्युजिल्यान्डले ६ स्वर्ण, ४ रजत र ५ कास्यगरी १५ पदक जितेको छ। इटाली ५ स्वर्ण, ९ रजत र १५ कास्यगरी २९ पदकसहित १२औं स्थानमा रहेको छ। हंगेरीले ४ स्वर्ण, ४ रजत र ३ कास्यगरी ११ दिक जितेको छ। क्युवाले ४ स्वर्ण, ३ रजत र ४ कास्य गरी ११ पदक जितेको छ। चेक रिपब्लिकले ४ स्वर्ण, ३ रजत र १ कास्यगरी ८ पदक जित्दै शीर्ष १५ मा अटाएका छन्।

    क्यानडा, स्वीट्जरल्यान्ड, ब्राजिल र क्रोएसियाले समान ३ स्वर्ण जितेका छन्। चाइनिज ताइपेइ, पोल्यान्ड, डेनमार्क, जमैका, नर्वे, स्लोभेनिया, इक्वेडर, ग्रीस, उज्वेकिस्तान, कोसोभो र कतारले समान दुई स्वर्ण जितेका छन्।

    स्पेन, जर्जिया, रोमानिया, स्वीडेन, भेनेजुएला, हङकङ, दक्षिण अफ्रिका, स्लोभाकिया, अष्ट्रिया, इन्डोनेसिया, सर्विया, बेल्जियम इथियोपिया, फिलिपिन्स, ट्युनिसिया, टर्की, आयरल्यान्ड, इजरायल, बेलारुस, इस्टोनिया, फिजि, इरान, लात्भिया, बर्मुडा, मोरोक्को, प्युरेटो रिको र थाइल्यान्डले समान एक स्वर्ण जितेका छन्।

    टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ५७ राष्ट्रले स्वर्ण जित्दा ८३ राष्ट्रले पदक जित्न सफल भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार