Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • त्रिविका परीक्षाहरु स्थगित नहुने

    त्रिविका परीक्षाहरु स्थगित नहुने

    अनलाइन नेपाल
  • शनिबार, २३ साउन २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना संक्रमण बढेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ। तर, त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षा स्थगित नहुने भएको छ।

    हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा स्थगित नहुने जानकारी दिएका छन्।



    स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार नै सकिएको छ भने विज्ञान र शिक्षा संकायका परीक्षा आइतबार सकिनेछ। त्यसपछि मानविकी तथा सामाजिक संकायको मात्र परीक्षा बाँकी रहनेछ।



    परीक्षा दिन बाँकी विद्यार्थी थोरै रहेको र लामो समयसम्म परीक्षा नभएका कारण स्वास्थ्य मापदण्ड अपनाएर ती परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको त्रिविले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार