Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • राजश्व विभागको स्टीकर दुरुपयोग गर्ने ३ भारतीय नागरिकसहित ५ जना पक्राउ

    राजश्व विभागको स्टीकर दुरुपयोग गर्ने ३ भारतीय नागरिकसहित ५ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २६ साउन २०७८
  • 1.6K
    SHARES

    धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले आन्तरिक राजश्व विभागको स्टीकरसहित तीन जना भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीका १९ वर्षीय संजित कुुमार र सोही ठाउँका २० वर्षीय रिङ्कुु कुमार र २२ वर्षीय सुरेश कुुमार छन्। यस्तै, रौतहटको गरुडा नगरपालिका–१ का ४० वर्षीय राजकुमार शाह र पर्साको वीरगञ्ज महानगरपालिका–१३ का ५५ वर्षीय विजय गुप्ता पनि पक्राउ परेका छन् ।



    सोमबार जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई गौरीगंगा नगरपालिका–७ तालबन्दस्थित सडकखण्डबाट पक्राउ गरेको हो।



    गौरीगंगा नगरपालिकाबाट सुरुमा प्रहरीले ना ३२ क ६२८१ नम्बरको मोटरसाइकलमा दुई लाख ८८ हजार ६ सय ७४ वटा आन्तरिक राजश्व विभागको स्टीकर फेला पारेर संजित र रिङ्कुलाई पक्राउ गरेको थियो ।

    प्रहरीका अनुसार थप अनुसन्धानका क्रममा गौरीगंगा नगरपालिका–७ को मसुरियामा रहेको वेष्टर्न लिकर्स प्रालीबाट ल्याएर कोठामा छाप लगाउन लगेको भन्ने सूचनापछि खानतलासी गर्दा बस्ने थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उक्त कोठाबाट प्रहरीले ७० युपी ३०० एमएल लेखिएको ३ थान छाप, ३ थान स्ट्याम्प प्याड र मसी समेत बरामद गरेको छ । अहिले आन्तरिक राजश्व कार्यालय कैलालीसँगको समन्वयमा स्टिकर भण्डारण गरिएको कोठा सिल गरेर अनुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार