Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • डोरमणिले दिए राजिनामा, अष्टलक्ष्मी बागमतीको मुख्यमन्त्री

    डोरमणिले दिए राजिनामा, अष्टलक्ष्मी बागमतीको मुख्यमन्त्री

    अनलाइन नेपाल
  • बुधबार, २ भाद्र २०७८
  • 2.1K
    SHARES

    मकवानपुर। बागमती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले आजै दलको नेताबाट राजीनामा दिएका छन् ।

    पौडेलको राजीनामापछि बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा एमाले नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ ।



    प्रस्तावमा एमालेले दलको नेतामा एमाले नेत्री शाक्यलाई सर्वसम्मत चयन गरेको संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।



    यसैबीच मुख्यमन्त्री पौडेलले आजै आफ्नो पदबाट राजीनामा दिने र भोलिसम्ममा शाक्य मुख्यमन्त्री बन्ने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार