Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • विभिन्न मुद्दामा फरार रहेका ५ जना अभियुक्त पक्राउ

    विभिन्न मुद्दामा फरार रहेका ५ जना अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ६ भाद्र २०७८
  • 2.1K
    SHARES

    रामनारायण यादव / सिरहा । सिरहा प्रहरीले विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादीहरुलाई शनिबार पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा सिरहाको सिरहा नगरपालिका वडा नम्वर १ बस्ने २३ वर्षीय सन्तोष कुमार कामती रहेका छन् । उनलाई अदालतले चोरी मुद्दामा १ महिना कैद र रु.३० हजार जरिवान सुनाएका थिए ।



    यस्तै सिरहाको सिरहा नगरपालिका वडा नम्वर १६ बस्ने ४० वर्षीय जाकिर मलंग पक्राउ परेका छन् । उनलाई अदालताले लेनदेन मुद्दामा ५ महिना कैद फैसला सुनाएका छन् ।



    सिरहाको सिरहा नगरपालिका वडा नम्वर २ बस्ने ५५ वर्षीय रामदेव साह रहेका छन् । उनलाई अदालतले लेनदेन मुद्दामा २ बर्ष कैदको फैसला सुनाएका थिए ।

    सिरहाको लहान नगरपालिका वडा नम्वर १३ बस्ने ३१ वर्षीय शिव शंकर महतो रहेका छन् । उनलाई बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र रु.१० हजार जरिवान सुनाएको थियो ।

    सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका वडा नम्वर ४ बस्ने २८ वर्षीय देव कुमार यादव रहेका छन् । उनलाई लागू औषध मुद्दामा ८ बर्ष कैद र रु.३ लाख १५ हजार जरिवान अदालतले फैसला सुनाएका थिए ।

    फैसला कार्यान्वयनका लागि सिरहा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवानाको फैसला भई फरार रहेकाहरुको खोजतलाश जारी रहेको सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार