Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सिरहाबाट एकै दिन सात जना फरार अभियुक्त पक्राउ

    सिरहाबाट एकै दिन सात जना फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1.7K
    SHARES

    सिरहा । प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका ७ जना अभियुक्तलाई सिरहा प्रहरी पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका ७ जना र अन्य एकजना बुधबार पक्राउ परेको जानकारी दिए। पक्राउ परेका सातै जनालाई जिल्ला अदालत सिरहामा बुझाइएको छ ।



    पक्राउ पर्नेमा रामअशिस दास तत्मा, परशुराम यादव, कासिन्द्र यादव, अनिता देवी सहनी, राम कुमार मगर, साजन कुमार लामा, जगदिश नायक र रामबाबु यादव रहेका छन् ।



    सिरहाको लक्ष्मीपुरपतारी गाँउपालिका-५ खरुकियाहीका ६० वर्षीय रामअशिस दास तत्मालाई कुटपिट तथा अंगभंग मुद्दामा २ बर्ष कैद र १ लाख जरिवाना तिराउने अदालतले फैसला सुनाएको थियो ।

    लहान नगरपालिका-२० भवानीपुर कलाबन्जरका ३४ वर्षीय परशुराम यादवलाई नकवजनी चोरी मुद्यामा १ दिन कैद र ४ लाख ९९ हजार ६५० तिराउने अदालतले फैसला सुनाएको थियो ।

    सुखिपुर नगरपालिका-५ का ३८ वर्षीय कासिन्द्र यादवलाई लेनदेन मुद्यामा २ बर्ष कैद, सिरहा नगरपालिका-१२ गम्हरिया टोलका ४५ वर्षीया अनिता देवी सहनीलाई लेनदेन विगो मुद्यामा ६ महिना कैद, गोलबजार नगरपालिका-२ गुरुधामका ४१ वर्षीय राम कुमार मगरलाई सवारी ज्यान मुद्यामा १५ दिन कैद र २ हजार जरिवाना, ३५ वर्षीय साजन कुमार लामालाई ८ दिन कैद र २ हजार जरिवाना सुनाइएको थियो।

    यसैगरी, औरही गाँउपालिका-२ का ६७ वर्षीय जगदिश नायकलाई जग्गा खिचोला मुद्यामा १३७.५० जरिवाना र झै–झगडा तथा कुटपिट मुद्याका फरार रहेका बिष्णुपुर गाँउपालिका -१ का ३५ वर्षीय रामबाबु यादवलाई पक्राउ गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार