Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • लुटपाट र हत्या गरी फरार एक अभियुक्त पक्राउ

    लुटपाट र हत्या गरी फरार एक अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । लुटपाट र हत्या गरी फरार एक अभियुक्त पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिन्धुलीका ६ बर्षीय प्रकाश तिमिल्सिना रहेका छन् ।



    तिमिल्सिनो गत बैशाख ११ गते ललितपुर लुभु घर भएका बर्ष २८ का नरेश कुमार गौतमलाई भगवान पाउ नजिक सडक किनारमा लुटपाट पश्‍चात हत्या गरी फरार भएका थिए ।



    उनलाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा चुमनुब्रीबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि प्रहरी वृत्त स्वयम्भु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार