Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • तालिबानले अफगान नागरिकहरूलाई काबुल विमानस्थल जान नदिने

    तालिबानले अफगान नागरिकहरूलाई काबुल विमानस्थल जान नदिने

    अनलाइन नेपाल
  • बुधबार, ९ भाद्र २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने बताएका छन्।

    मङ्गलवार एउटा पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले ‘ती मानिसहरू घर फर्किनुपर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गरिने’ बताए। तर उनले अमेरिकाले मानिसहरूलाई विमानस्थलमा बोलाउँदै विमान चढाइरहेको आरोप लगाए।



    अमेरिकी साझेदारहरूले अफगानिस्तानबाट अमेरिकी सेना फर्किने समयसीमा अगस्ट ३१ अगावै तालिबानको पुनरागमन हुँदा त्रसित भएर भागेका सबै अफगान नागरिकको उद्धार गर्न नसकिने बताएको केही घण्टापछि आयोजित पत्रकार सम्मेलनमा तालिबान प्रवक्ता मुजाहिद बोलेका हुन्।



    अमेरिकी सेनाको नियन्त्रणमा रहेको काबुल विमानस्थलबाट अहिलेसम्म ५८ हजार जनाभन्दा केही बढी मानिस विदेश गएको बताइएको छ।तीमध्ये धेरैजसो विदेशी सेनासँग काम गरेका अफगान नागरिकहरू छन्।

    तर तालिबान प्रवक्ता मुजाहिदले भने, ‘हामी अमेरिकीहरूलाई आग्रह गर्छौँ कि अफगानहरूलाई देश छाड्न नउक्साइयोस्… हामीलाई उनीहरूको कौशल आवश्यक छ।’

    यसै महिनाभित्र ‘सबै विदेशी नागरिकलाई देशबाहिर लैजान समय रहेको’ भन्दै समयसीमा थपिएला भन्ने आफूलाई नलागेको तालिबान प्रवक्ताको भनाइ थियो।

    विदेशी दूतावासहरूलाई सुरक्षा सुनिश्चित गरिएको बताउँदै त्यो बन्द वा छाड्ने काम नगर्न तालिबान प्रवक्ताको आग्रह थियो।

    महिलाहरूलाई काममा जानका लागि स्थायी रूपमा रोक नलगाइने बताएका जबिहुल्लाह मुजाहिदले भने, ‘हाललाई कुनै खराब व्यवहार नहोस् भन्नका लागि … त्यो उनीहरूकै हितमा छ।’

    उनले अफगान सञ्चारमाध्यम, अस्पताल, शैक्षिक संस्था र स्थानीय सरकारहरूले पुनः काम गर्न थालेको बताए। प्रतिशोध लिन कसैलाई निसानामा नराखिएको र कुनै सूची नभएको बताउँदै उनले ‘विगतका सबै कुरा बिर्सिइएको’ बताए।

    तर राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को एउटा आपत्कालीन बैठकमा बोल्दै मानवअधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरकी प्रमुख मिशेल ब्याच्लेटले तालिबानबाट नियन्त्रित क्षेत्रहरूमा दुर्व्यवहारहरू भएका “’र विश्वासिला’ विवरण प्राप्त भएको बताएकी छन्।

    जिनिभामा राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को एउटा आपत्कालिन बैठकमा बोल्दै ब्याच्लेटले सदस्य देशहरूलाई एउटा आह्वान गर्दै अफ्गानिस्तानलाई निगरानी गर्न एउटा प्रतिबद्ध निकाय खडा गर्न भनेकी छन्।

    उनले भनिन्, ‘आधारभूत रेड लाइन भनेको तालिबानले महिला तथा किशोरीहरूलाई कसरी व्यवहार गर्छ भन्ने हो।’ उनले अफगानिस्तानमा हत्या, बाल सैन्यको भर्ती, महिलाहरूमाथि विभेद र शान्तिपूर्ण प्रदर्शनमाथि दबाव सिर्जना गरिएको बताइन्। बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार