Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढि, २७ जनाको मृत्यु

    कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढि, २७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १२ भाद्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । आज कोरोना संक्रमितको संख्या केही घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ४०९ पीसीआर परीक्षणमा १ हजार ५१६ जना र ३ हजार ७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप २ हजार २२२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १० हजार ४५२ छ ।



    नेपालमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ६९० पुगेको छ ।



    नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको छ ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार