Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सर्लाहीका वडाध्यक्ष यादवविरुद्द बलात्कार प्रयासको उजुरी, प्रहरीले खोज्दा सम्पर्कबिहीन

    सर्लाहीका वडाध्यक्ष यादवविरुद्द बलात्कार प्रयासको उजुरी, प्रहरीले खोज्दा सम्पर्कबिहीन

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 1.1K
    SHARES

    सर्लाही । जिल्लाको ब्रम्हपुरी गाउँपालिका-७ का वडाध्यक्ष श्यामकुमार यादवविरुद्ध बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

    वडाध्यक्ष यादवविरुद्ध उनकै छिमेकीले उजुरी दिएकी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । गिरीका अनुसार ती महिलाले वडाध्यक्ष यादवविरुद्ध प्रयास गरेको भन्दै उजुरी दिएपछि अनुसन्धान प्रक्रियालाई अगाडि बढाइएको छ ।



    तर, ती महिलाको उजुरीपछि वडाध्यक्ष यादव सम्पर्कविहीन रहेको र खोजी कार्य भइरहेको प्रहरी निरीक्षक गिरीले बताए ।



    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ती महिलाले उजुरीमा गत भदौ ५ गते राति वडाध्यक्ष यादव आफ्नो घरमा प्रवेश गरी बलात्कारको प्रयास गरेको सो उल्लेख गरेकी छिन् । प्रहरीले ती महिलाको नाम भने खुलाएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार