Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आइफोन १३ आगामी सेप्टेम्बर १४ मा सार्वजनिक हुने, यी हुन् आकर्षक फिचर्सहरु

    आइफोन १३ आगामी सेप्टेम्बर १४ मा सार्वजनिक हुने, यी हुन् आकर्षक फिचर्सहरु

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । बहुप्रतिक्षित नयाँ संस्करणको एप्पल आइफोन १३ सिरिज आगामी सेप्टेम्बर १४ मा सार्वजनिक हुने भएको छ ।

    एप्पलले क्यालिफोर्निया स्ट्रिमिङ  नामक विशेष समारोहमार्फत् आइफोन १३ सिरिज सार्वजनिक गर्ने घोषणा गरेको हो ।



    हरेक वर्ष सेप्टेम्बर महिनाको विशेष समारोहमा आफ्ना नयाँ आइफोन सार्वजनिक गर्दै आएको एप्पलले  यसपटक आइफोन १३ सिरिज सार्वजनिक  गर्न लागेको हो।



    सेप्टेम्बर १४ मा हुने समारोहमा एप्पलले आइफोन १३ का अलावा एप्पल वाच सिरिज सेभेन तथा एयरपड्स थ्री पनि लञ्च गर्ने बताइएको छ।

    एप्पलको आसन्न आइफोन १३ का विशेषता र फिचर्सका बारेमा पनि विभिन्न खाले समाचारहरु सार्वजनिक भैसकेका छन् । रिपोर्टमा दाबी गरिए अनुसार आइफोन १३ मा स्याटेलाइट कनेक्टिभिटी हुनेछ, जुन निश्चित ठाउँहरुमा मात्र उपलब्ध हुने बताइएको छ । उक्त फिचरका कारण मोबाइल नेटवर्क नभएका ठाउँमा समेत आइफोनले काम गर्नेछ ।

    यस्तै,  आइफोन १३ मा आइओएस १५ अपरेटिंग सिस्टम हुने बताइएको छ । साथै यसको ब्याट्री क्षमता पनि उत्कृष्ट हुने बताइएको छ ।

    आइफोन १३ सिरिजमा आइफोन १३, आइफोन १३ प्रो, आइफोन १३ प्रो म्याक्स तथा आइफोन १३ मिनी गरी चारथरी मोडेल हुने बताइएको छ । समाचार अनुसार १४ सेप्टेम्बरमा सार्वजनिक गरिएपश्चात् १७ सेप्टेम्बरमा आइफोनको प्रि-बुकिङ सुरु हुनेछ र २४ सेप्टेम्बरबाट आइफोन १३ सिरिजको बिक्री सुरु बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार