Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सार्वजनिक कार्यक्रममै माधव नेपाललाई ‘अपराधी’ भनेका ओलीले अरु के-के भने ?

    सार्वजनिक कार्यक्रममै माधव नेपाललाई ‘अपराधी’ भनेका ओलीले अरु के-के भने ?

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 1.5K
    SHARES

    बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अपराधीको संज्ञा दिएका छन्।

    बुधबार बुटवलमा आयोजित रुपन्देहीस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘माधव नेपाललाई कमरेड भन्न मिल्दैन, उनले पार्टीलाई ध्वस्त पार्ने काम गरे,’ अध्यक्ष ओलीले भने, ‘साथीहरु भन्नुहुन्छ, माधव नेपाल कमरेड, उनी कमरेड होइन, उनी एमाले विरोधी, जनविरोधी अपराधी हुन् ।’



    कार्यकर्ता भेला सम्बोधनका लागि आएका पूर्वप्रधानमन्त्री ओली नेपालमाथि पूरै हावी भएका थिए । एमालेमा रहँदा बरिष्ठ नेता समेत रहेका नेपाललाई आफ्नो पार्टीको सरकार ढाल्ने पात्र भएको ओलीको आरोप छ । ‘गरिबको आँशुले पोल्छ तिमीलाई भन्ने गीतमा जस्तै माधव नेपाललाई पोल्नेछ,’ ओलीले भने ।



    यस्तै, अध्यक्ष ओलीले वर्तमान सरकारलाई बुख्याँचाको संज्ञा दिँदै प्रश्न समेत गरे,’ यो सरकार हो कि बुख्याँचा हो ? ‘बुख्याँचाले बरु बाली खान आउनेलाई तर्साउँछ तर यो सरकारले त त्यसो पनि गर्न सकेको छैन,’ यो सरकार हो कि के हो ? ओलीको प्रश्न थियो ।

    गठबन्धनको सरकारले गति लिन नसकेको बताउँदै उनले देउवा सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको दाबी गर्दै सरकारले बनाउन केही नजानेको भन्दै भत्काउन मात्रै जानेको आरोप लगाए । वर्तमान सरकारले घण्टाघर बनाउने भनेर गरेको घोषणा हास्याँस्पद रहेको ओलीको टिप्पणी थियो।

    ‘यिनीहरुले घण्टाघर बनाउँछन् रे, यिनीहरुले बनाउँदैनन् भत्काउन मात्रै जानेका छन्, यिनीहरुले भत्काए भने पनि हामी बनाउँछौ घण्टाघर’ ओलीले भने।

    कार्यक्रममा अध्यक्ष ओलीसहित उपमहासचिवद्वय बिष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यद्वय टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार