Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दशैंको मुखमा डिआईजी र एसपीको नाममा घुमुवाको असुली धन्दा

    दशैंको मुखमा डिआईजी र एसपीको नाममा घुमुवाको असुली धन्दा

    अनलाइन नेपाल
  • शुक्रबार, १ असोज २०७८
  • 3.8K
    SHARES

    चितवन । दशैं नजिकिदै गर्दा चितवनमा यतिखेर प्रहरीकै संरक्षणमा अबैध गतिविधिहरु बढ्न थालेका छन् । चितवन र आसपासका क्षेत्रहरुबाट हुँदै आएको नदिजन्य पदार्थको अवैध उत्खनन, काठ तस्करी तथा ट्रान्सपोर्टहरुबाट अवैध रकम असुली कुनै नौला घटना होइनन् । एकाध घटनामा प्रहरीले जुवाडेहरुलाई पक्राउ गरेपनि जिल्ला प्रहरी कार्यालय चितवनको संरक्षणमै दशैंको मुखमा जुवा खाल हुन थालेका छन् ।

    केहि दिन अघि भरतपुरको भोजाडस्थित विनोद कुमालको घरमा जुवा खेलिरहेका बेला चितवन प्रहरीका घुमुवा इन्चार्ज असई ठाकुर पनेरु नेतृत्वको टोलीले एक लाख ५० हजार रकम असुलेर छाडेको खुलासा भएको छ । यो त एक नमूना घटना मात्रै रहेको प्रहरी स्रोत नै बताउँछ । त्यसैगरी चितवनमा पनेरुकै टोलीले बागमती प्रदेशका प्रहरी प्रमुख डिआईजी प्रकाशजंग कार्कीको नाममा नदिजन्य पदार्थको अवैध उत्खननबाट असुली, भोजाडमा काठ तस्करी गर्न छुट तथा ट्रान्सपोर्टहरुबाट अबैध रकम असुली रहेको प्रहरी स्रोतले थप बतायो ।



    चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले समेत असई पनेरुलाई संरक्षण दिइरहेका छन् । जसका कारण पनेरुको असुली धन्दा सिमा नै नाघ्न थालेको एक पीडित व्यवसायी बताउँछन् । पनेरुले डिआईजीकै नाममा यौन धन्दा सञ्चालन गर्दै आएका विभिन्न होटलहरुबाट समेत मासिक रकम उठाइरहेको ती ब्यवसायी बताउँछन् ।



    जिल्ला प्रहरी कार्यालय धादिङमा दरबन्दी भई चितवनमा ८ वर्षदेखि सिभिलमै बसेर काम गर्दै आएका पनेरुले बाइक चोरी मुद्दामा पक्राउ परेका अशोक कुमालसँग समेत मोलमोलाई गरिरहेका छन् । कुमालसँग पनेरुले पटक–पटक गरेर ३० हजार असुलेको समेत खुलेको छ । जुन कुरा कुमालको परिवारले नै पैसा नदिए प्रहरीले फसाइदिने भन्दै धम्की दिने गरेको भनेर बाहिर बताउन थालेपछि घटना सार्वजनिक भएको हो ।

    पनेरुविरुद्ध प्रदेश कार्यालयमा पाँचवटासम्म उजुरी परेपनि डिआईजी कार्की मौन रहँदै आएका छन् । यतिसम्मकी उनै पनेरुलाई ‘वेस्ट अवार्ड अफ पुलीस’ भनेर पुरस्कृत गर्न लागिएको छ ।

    त्यसैगरी चितवन प्रहरीका अर्का वद्नाम पात्र हुन्, प्रहरी हवल्दार कुवेर कुँवर । विगत लामो समयदेखि भोजाड चौकीमा बस्दै आएका उनले चोरी गिरोहका नाइकेहरुसँग रकम असुलेर उनै पनेरुलाई बुझाउने गरेका छन् । कुँवर आफै चोरी मुद्दामा पक्राउ परी २४ दिन थुनामा बसेका प्रहरी हुन् । धरौटीमा छुटेका उनी तारिख धाइरहेका कुँवरलाई पनेरुले नै एसपी र डिआईजीसँग सेटिङ मिलाई भोजाडमै खटाउन सफल भएका छन् ।

    पनेरुले करिव ७ महिना अगाडि चोरीको डुक बाइक पक्राउ गर्ने क्रममा छेनसाङ थोकर नामका व्यक्तिसँग १५ हजार असुलेर छाडेका थिए । पनेरुकै सेटिङमा हवल्दार कुँवरले भोजाड चौकीबाट वर्षातको मौकामा अबैध रुपमा काठ तस्करी गराइरहेका छन् । चितवनको हरेक तस्करीमा कांग्रेस र माओवादीका नेताहरु जोडिने गरेका छन् । तिनै नेताहरुले पनेरु र कुँवरलाई संरक्षण दिंदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार