Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • नाइजेरियामा हवाई आक्रमण: नौ जनाको मृत्यु, २३ घाइते

    नाइजेरियामा हवाई आक्रमण: नौ जनाको मृत्यु, २३ घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १ असोज २०७८
  • 2.4K
    SHARES

    एजेन्सी। नाइजेरियामा भएको हवाई आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् ।

    आपतकालिन सेवासम्वन्धी सरकारी निकायका अधिकारीले शुक्रबार दिएको जानकारी अनुसार घटनामा परी निर्दोष आम नागरिक बढी पिडित भएका छन् ।



    नाइजेरियाली विमानले यही हप्ताको सुरुमा आक्रमण गरेको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । बोको हराम र इस्लामिक स्टेटमा आवद्ध व्यक्तिहरू रहेको सूचनाका आधारमा आक्रमण गरिएको समाचारमा जनाइएको छ ।



    विद्रोहीहरूलाई लक्षित गरेर आक्रमण गरेको भएपनि आम सर्वसाधारण समेत पर्नुलाई सरकारी अधिकारीहरूले ‘भूलवस भएको कमजोरी’को रुपमा लिएका छन् ।

    सन् २००९ देखि नाइजेरियामा जिहादी विद्रोहीहरुसँग सरकारी सुरक्षाकर्मीहरुको भिडन्त हुदै आएको छ । सरकार विद्रोहीबीचको द्वन्द्वका कारण अहिलेसम्म ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।

    त्यसैगरी द्वन्द्वमै परेर अरु झण्डै २० लाख मानिस आफ्नो घरबाट विस्थापित भएको पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।

    लडाकू विमानले बुधबार योबे राज्यको बुहारी गाउँमा आक्रमण गरेको हो । घटनास्थल छिमेकी मुलुक नाइजरसँगको सिमा क्षेत्रमा पर्दछ । त्यस ठाउँमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने अरु कम्तीमा १९ जना घाइते भएको स्थानीयले बताएका छन् ।

    तर योबे राज्यको विपद व्यवस्थापन प्रमुख मोहम्मद गोजेले कम्तीमा नौ जनाको मृत्यु भएको शुक्रबार पुष्टि गरे । ‘घटनामा परी अन्य कम्तीमा २३ जना घाइते भएका छन्, घाइते हुनेमा महिला, बालबालिका र पुरुष पनि रहेका छन्,” घटनास्थलको भ्रमणबाट फर्केका गोजेले भने ।

    घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए । घाइतेहरूको राज्य राजधानी डामातुरुमा रहेको अस्पतालमा उपचार भइरहेको पनि उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार