Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गौरी मल्लले भनिन्, ‘मलाई यो उपाधि चाहिँदैन’

    गौरी मल्लले भनिन्, ‘मलाई यो उपाधि चाहिँदैन’

    अनलाइन नेपाल
  • सोमबार, ४ असोज २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाली फिल्म उद्योगमा ‘महानायक’ र ‘महानायिका’को विवाद पेचिलो बन्दै गएको छ। हुन त यो सरकारले आधिकारिक रुपमा कसैलाई दिएको वा दिने उपाधि हैन।

    केही संस्थाहरुले कसैलाई महानायक र महानायिको उपाधि दिएका छन्। केही कलाकारहरुले आफ्नै विचारमा यसको छिनोफानो गरेका छन्। अनि दर्शकहरुले नजरमा पनि आफ्नै महानायक र महानायिका छन्।



    आइतबार आयोजित एक कार्यक्रममा कलाकारद्वय भुवन केसी र शिव श्रेष्ठले नायिका गौरी मल्ल वास्तवमा महानायिका भएको बताए। उनीहरुले त्यसो भन्दै गर्दा मुख छोपेर मुस्कुराएकी मल्लले पछि कलाकारलाई दिइने कुनै पनि उपाधि कागलाई हेलमेट लगाए जस्तो हुन नहुने बताइन्।



    ‘कुनै पनि उपाधि धान्न सकिने हुनुपर्छ। उपाधिका लागि सो व्यक्ति लायक पनि हुनुपर्छ पाउने व्यक्तिले पनि उपाधिको लागि आफू लायक छु या छैन भनेर अन्तरबोध गर्न आवश्यक छ,’ उनले भनिन्।
    त्यस्तै नायिका मल्लले काम सुरु गर्दा कुनै उपाधि पाइन्छ भनेर नगेको जानकारी दिइन्। विस्तारै यही क्षेत्रमा अघि बढ्दा यहाँ आइपुगेको उनको भनाई छ।

    ‘मलाई त यो देशमा कुनै पनि उपाधिको औचित्य छ जस्तै लाग्दैन। यहाँ त उपाधि भनेको कुनै पनि तस्वीरलाई भित्तामा सजाएर पूजा गरे जस्तो मात्र भएको छ। यसैले, मलाई यस्ता उपाधि चाहिएको पनि छैन। हामी काम गर्ने मानिस हौं, हामीलाई काम दिए पुग्छ,’ उनले भनिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार