Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अफिसमा महिला सहकर्मीलाई लभ, हनी र स्वीटी सम्बोधन गर्ने युवालाई कम्पनीले जागिरबाट निकालिदियो

    अफिसमा महिला सहकर्मीलाई लभ, हनी र स्वीटी सम्बोधन गर्ने युवालाई कम्पनीले जागिरबाट निकालिदियो

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । अफिसमा सँगै काम गर्ने महिला सहकर्मीहरुलाई ‘लभ’, ‘हनी’ र ‘स्वीटी’ जस्ता सम्बोधन गरेर बोलाउने एक युवालाई कम्पनीले जागिरबाट निकालिदिएको छ।

    डेलीस्टारको रिपोर्टअनुसार म्यान्चेस्टरमा माइक नामका व्यक्तिले आफ्नो अफिसमा काम गर्ने महिला कर्मचारीहरुलाई यस्ता नामले बोलाउँथे । यही कारण कम्पनीले माइकलाई जागिरबाट निकालिदिएको थियो।



    कम्पनीले आफूलाई जागिरबाट निकालिदिएको विरोधमा माइकले अदालतमा केस फाइल गरेका थिए । तर. केसको सुनुवाइको क्रममा अदालतले कम्पनीको निर्णयलाई सही ठहर गरेको छ।



    सुनुवाइपछि अदालतका न्यायाधीश पलिन फिनेले कम्पनीको निर्णयलाई सही ठहर गर्दै महिला कर्मचारीलाई यस्ता सम्बोधन गर्नु उनीहरुको अपमान गर्नु भएको बताए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार