Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गठबन्धन फुट्ने सम्भावना बढेपछि सरकारले दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउँदै

    गठबन्धन फुट्ने सम्भावना बढेपछि सरकारले दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउँदै

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको छ ।

    नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएकाे हाे ।



    बुधबार माओवादी केन्द्रको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले अध्यादेशको विषय भोलिसम्म टुंगिने बताएका छन् । कसरी टुंगिन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘भोलि बस्ने संसद बैठकमा प्रतिस्थापन विधेयक आउँछ।’



    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताको बैठकपछि त्यसको टुंगो लाग्ने जानकारी दिएका थिए । साथै, हाल संसदमा रहेको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याइने पनि उनले बताएका थिए।

    सरकारले दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने व्यवस्था अध्यादेशमार्फत संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत भए पुग्ने बनाएको थियो ।

    स्रोतका अनुसार २० प्रतिशतले दल विभाजन गर्न पाउने अध्यादेश कायमै राख्दा सत्तारुढ दलहरु नै फुट्ने देखिएपछि प्रतिस्थापन विधेयक ल्याउन लागिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार