Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • माओवादी केन्द्रले बढायो प्रदेशमा पदाधिकारीको संख्या

    माओवादी केन्द्रले बढायो प्रदेशमा पदाधिकारीको संख्या

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारीहरुको संख्या बढाएको छ ।

    बिहीबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले यसअघिको पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्‍याएको हो।



    पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहनेछन् ।



    त्यस्तै बैठकले प्रदेश समितिको संख्यासमेत बढाएको छ । जसअनुसार प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, वागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्ने छन् ।

    त्यस्तै बैठकले पार्टी प्रवेश गर्नेहरुको अध्ययन र वार्ताका लागि देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकालको कार्यदल बनाएको प्रवक्ता महराले जानकारी दिए।

    यसैगरी बैठकले पम्फा भुसालको नेतृत्वमा महिला विभाग समेत बनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार