Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अप्रेशन माइक चार्ली : चितवनमा बाइक चोरको गिरोह सार्वजनिक ,चोरहरुको मुख्य ध्यान पार्किङमा

    अप्रेशन माइक चार्ली : चितवनमा बाइक चोरको गिरोह सार्वजनिक ,चोरहरुको मुख्य ध्यान पार्किङमा

    अनलाइन नेपाल
  • बिहिबार, ७ असोज २०७८
  • 1.9K
    SHARES

    भरतपुर।  जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरीको ठुलो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ।  चितवन प्रहरीले एक महिना सञ्चालन गरेको  ‘अप्रेशन माइक चार्ली’ अभियान अन्तर्गत १३ वटा चोरीका मोटरसाइकलसहित  १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए।

    पक्राउ परेका १६ जनामध्धे केहीले मोटरसाइकल ल्याएर ग्यारेजमा दिने गरेको, केहीले नक्कली सवारी दर्ता किताब (बिलबुक)बनाउने गरेको र केही मोटरसाइकल बेच्ने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । प्रहरी टोलीले बागमति प्रदेश ०२-०१८ प ७२६० र बागमति प्रदेश ०२-०१८ प ३५२७ नं. को मोटरसाईकलहरु र नक्कली सवारी दर्ता किताब सहित सरोज खतिवडा र मिन बहादुर पुनलाई पक्राउ गरेपछि गिरोहको धन्दा बाहिर आएको हो।



    टेजन पुन, अरूण कँडेल, अनिष श्रेष्‍ठ,अशोक कुमाल बरामद गरिएका मोटरसाईकलहरूको खरिद बिक्रीमा संलग्न रहेको प्रहरीले जनाएको छ। उनीहरुले न्यू आर टी मोटरसाइकल वर्कसपबाट चोरीका अधिकांश मोटरसाइकल किनबेच गर्दै आएको खुलेको छ ।



    अधिकांश मोटरसाइकलहरु काठमाडौंबाट चोरेर चितवन ल्याइएका छन् । चितवनबाट चोरी भएका अधिकांश मोटरसाइकल बिरगञ्जतर्फ र नवलपरासीका पहाडतर्फ लगिने गरेको एसपी अधिकारीले थप वताए। चोरी भएका अधिकांश मोटरसाइकलको धनीसम्म अझै पनि पुग्न नसिकएको र थप अनुसन्धान जारी  रहेको उनले वताए ।

    चितवनमा बजार भिड बजार क्षेत्र, अस्पताल, पार्टी प्यालेस तथा विभिन्न स्थानमा रहेका एकान्त पार्किङमा जाने र लक तोडेर मास्टर चावी प्रयोग गर्ने वा सिधै तार जोडेर चोरी गर्ने पाइएको छ । यसरी चोरी गर्नुपुर्व उक्त मोटरसाइकल र चालकको गतिविधि निगरानी गर्ने, मौकाको खोजी गरि उपयुक्त समयमा बिभिन्न तरिका अपनाएर चोरी गर्ने गरेको पाइएको छ ।

    यस्तै चोरीमा संलग्न सदस्यहरुको आआफ्नै भुमिका हुने गर्दछ । चोरी पश्चात वर्कशपमा गएर स्वरुप परिर्वतन गर्ने, नम्बर प्लेट फेरेर बिक्रि गर्ने तथा आफैले समेत चलाउने गरेको पाइएको छ । पार्टसहरू खोलेर विक्रि वितरण गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

    बिशेष गरि चोरी गर्ने समुहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल गर्ने गरेको देखिन्छ । चितवन प्रहरीले सवारी साधनमा अतिरिक्त ह्विल लक, डिस्क लक, सेक्युरिटी साइरनहरु जडान गर्न, लामो समयसम्म एकान्त स्थानमा पार्किङ नगर्न र जथाभावी पार्किङ नगर्न बिशेष अनुरोध गरेको छ । ह्विल लक तथा डिस लक गर्न सबै सर्वसाधारण समक्ष  चितवन प्रहरीले आग्रह गरेको छ ।

    अनुसन्धानको क्रममा खुलेको बिबरणः
    मोटरसाइकलहरू बिक्री गर्ने जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २१ बस्ने बर्ष ३२ को टेजन पुन लाई बा ९५ प २८०० नं. को मोटरसाइकल र सवारी दर्ता किताब सहित मिति २०७८ /०५/२७ गते नै पक्राउ गरिएको।
    जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष ३४ को हिमाल पुनको साथबाट प्रदेश ३-०२-०२१ प १४५६, ऐ।ऐ। बस्ने बर्ष २३ को अरूण पुनको साथबाट प्रदेश ३-०२-०१५ प ६७८९ र  सज्जन बुढाथोकीको साथबाट प्रदेश ३-०२-०२५ प ४२५९ नं. को मोटरसाईकल र नक्कली सबारी दर्ता किताब बरामद गरी निजहरुलाई २०७८/०५/२८ गते पक्राउ गरिएको ।
    घटना बिवरण- २ 

    – २०७८/०६/०३ गते रातको समयमा भरतपुर महानगरपालिका वडा नं. ९ पारसबसपार्क नजिकमा पार्किङ गरी राखेको बागमती प्रदेश ०३-००४ प ४७४८ नं को खरानी रंगको बुलेट मोटरसाईकल चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा पोखराबसपार्क भित्रबाट रबिन गुरूङलाई  चोरी भएको मोटरसाईकलसहित पक्राउ गरिएको ।

    -उक्त मोटरसाईकल बिक्री गर्ने कार्यमा   भरतपुरका उदय गुप्तालाई पोखराबसपार्कबाट र बाराका  राजेश चौधरीलाई लायन्स चोक स्थित बिकास खाजाघरबाट पक्राउ गरिएको ।
    -उदय गुप्ताको कोठाबाट मोटरसाईकल बिक्री गरेको रकम मध्ये नगद २४,००० बरामद गरिएको ।
    – २०७८/ ६/०५ गते उक्त मोटरसाईकल चोरी गर्ने जिल्ला बारा करैयामाई गाउँपालिका वडा नं. ९ बस्ने बर्ष ३२ को सुनिल चौधरी र जितपुर सिमरा उपमहानगरपालिका वडा नं ११ बस्ने बर्ष २५ को लक्की चौधरीलाई भरतपुर १० साझा पेट्रोल पम्प नजिकबाट प्रदेश २-०३-०१५ प २१२३ नं. को ड्यूक मोटरसाईकलसहित पक्राउ गरी लक्की चौधरीको साथबाट नगद बरामद गरिएको ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार